Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

तालिम कार

Tuesday 15 May 2007

तालिम कार

साधारणतया एद्यक्ष्-द्यभ्इ ले तालिम दर्ुइ भागमा संचालन गर्न सुझाव दिन्छ ः परिचयात्मक कार्यशाला -दर्ुइ वा साढे दर्ुइ दिन) र पर्ूनर्ताजगी/विशेष कार्यशाला -लगभग चार दिन) ।

परिचयात्मक कार्यशालाको उद्देश्य जोखिम लेखाजोखा गर्ने सामग्रीसँग चिनारी/परिचित गराउनु हो । जोखिमहरुलाई धम्की/चेतावनी, कमजोरी र क्षमताहरु जस्ता तत्वमा विभाजन गरिएको हुन्छ । जोखिमहरुको लेखाजोखा तिनीहरुको राजनीतिक र ब्यवहारिक दुवै पक्षबाट गरिएको हुन्छ । त्यसपछि सुरक्षा योजनाहरुले तिनका विविध पक्षहरु जस्तै निरोधात्मक/रोकथाम, आपतकालीन/संकटकालीन र उनीहरुको आफ्नो कामको सिलसिलामा कार्यान्वयन माथि ध्यान पुर्‍याइन्छ । सुरक्षा योजनाहरुले कम्तीमा पनि विविध पक्षहरु जस्तै धारणा, गतिविधि/क्रियाकलाप, कार्यादेश, प्रतिवद्धताहरु -कार्यालय, आवास) माथि समेत विशेष ध्यान पुर्‍याउँछ ।

विशेष/पूनर्ताजगी कार्यशाला सामान्यतया ८ देखि १२ महिनाको अवधिपछि संचालन गरिन्छ । यसमा संगठनले काम गर्दै जाँदा आइपरेका समस्याहरु सामना गर्नको लागि उनीहरुले आफ्नो सुरक्षा योजना विस्तार गर्दा सुरक्षालाई सांगठनिक दृष्टिकोणबाट सम्बोधन गर्दछ/गरिन्छ ।
उक्त प्रक्रियामा हाम्रा कर्मचारीहरु प्रायजसो दूर परामर्शका लागि उपलब्ध हुन्छन् ।
तापनि हामीले प्राप्त गर्ने विभिन्न अनुरोधका आधारमा आवश्यकता अनुसार हाम्रा कार्यशालाहरु तयार गर्न सक्छौं ।

नमुना उद्देश्यहरु र परिचयात्मक सुरक्षा तालिमको बिषयसूची

उद्देश्यहरुः
१. गैर सरकारी संस्था -मानवअधिकारकर्मीहरु र सामाजिक संगठनहरु) का लागि आधारभूत र केही विशेष अवधारणाहरुमा आधारित संरक्षण र सुरक्षा ब्यवस्थापनका ज्ञान र अनुभवहरु आदानप्रदान र माथि उल्लेखित निकायहरुमा प्रचार प्रसार गर्ने सामग्रीहरु समेत प्रदान गर्ने ।
२. संगठनको सुरक्षा र संरक्षण नीतिको बिश्वब्यापी लेखाजोखाका लागि ज्ञान र आवश्यक सीपको बिकास गर्ने ।
३. संगठनहरुमा संरक्षण र सुरक्षाको नीति र कार्यान्वयन दुवैमा सुधार गर्नका लागि संस्थागत परिवर्तनलाई सघाउने ज्ञान र आवश्यक सीपको बिकास गर्ने ।
४. मानवअधिकारकर्मीहरुद्वारा सुरक्षाको ब्यवस्थापनमा हासिल गरेका अनुभवहरुको आदानप्रदान गर्ने ।

बिषयसूची

  • हामीले संरक्षणमा कसरी वातावरण विश्लेषण र सरोकारवालाको नक्साङ्कन गर्ने - को, को हो - मानवअधिकारकर्मीहरुको संरक्षणमा चासो र जिम्मेवारीहरुको सम्बन्ध ।
  • हामीले मानवअधिकारकर्मीहरु र संगठनका जोखिमको कसरी विश्लेषण गर्ने - धम्की/चेतावनी, कमजोरी र क्षमताहरु ।
  • हामीले धम्की र सुरक्षा घटनाहरुको लेखाजोखा कसरी गर्ने -
  • हामीले संगठन वा ब्यक्तिको कमजोरी­­-क्षमताहरुको चिनारी/विवरण कसरी तयार गर्ने -
  • हामीले कार्यान्वयनमा जानको लागि सुरक्षा योजनाको विस्तार कसरी गर्ने - -धम्की/चुनौतीको सामना गर्न, कमजोरी घटाउन, क्षमताहरु बृद्धि गर्न )
  • हामीले कार्यालय र आवासको सुरक्षा स्तरको लेखाजोखा कसरी गर्ने -
  • हामीले सूचनाको सुरक्षा ब्यवस्थापन कसरी गर्ने - समकालीन बिकास र सम्भावित विकल्पहरु ।
  • हामीले मानव अधिकारवादी संगठनहरुको कार्यसूचीमा सुरक्षा सवालहरुलाई कसरी समावेश गराउने -

नमुना उद्देश्यहरु र विशेष सुरक्षा तालिमको बिषयसूची
१. संगठन/क्षेत्रको सुरक्षा ब्यवस्थापनको साधारण लेखाजोखा कसरी गर्ने -
यो सत्रको अन्त्यसँगै सहभागीहरु सुरक्षा नीतिको विभिन्न तत्वहरुको साधारण लेखाजोखा गर्न र उनीहरुको संगठन/क्षेत्रमा यी कसरी प्रयोग हुन्छन् भनेर हर्ेन सक्छन् । उनीहरु सुरक्षा योजना कार्यान्वयनका नतिजाहरु समेत अनुभव गर्न सक्षम हुनेछन् ।

  • सुरक्षा र संरक्षणका सम्बन्धमा सु­-सूचित ढंगले निर्ण्र्ाागर्ने ।
  • सबश्वब्यापी सुरक्षा ब्यवस्थापन -सुरक्षा चक्रको कार्यान्वयन) ।
  • संगठनात्मक छवि -अभिनय, प्रस्तुति, मन्थन) २. संरक्षण र सुरक्षा नीतिको सुधार्रतर्फ संस्थागत परिवर्तनलाई कसरी सहजीकरण गर्ने -
    यो सत्रको अन्त्यसँगै सहभागीहरु योजनासँग प्रत्यक्ष रुपमा सम्बन्ध राख्ने ब्यक्तिहरु, योजना गर्न र सुरक्षा ब्यवस्थापनको सांगठनिक सुधारको प्रक्रियामा सहजीकरण गर्न सक्षम हुनेछन् ।
  • सुरक्षा ब्यवस्थापन कसरी सुधार गर्न सकिन्छ ।
  • उद्देश्य र लक्ष्यहरु तय गर्ने ।
  • आवश्यक प्रक्रियाहरुलाई सहजीकरण गर्ने ।
  • सुरक्षाको सांगठनिक पुनरावलोकन कसले शुरु गर्ने -
  • सांगठनिक सुरक्षाको सुधार कसले ब्यवस्थापन गर्ने -
  • बिद्यमान सांगठनिक संरचना ।
  • सुरक्षा संचालन ।
  • आवश्यक सुधारको पहिचान ।
  • संस्थागत र ब्यक्तिगत प्रतिरोधहरु/बाधाहरु ।
  • सुरक्षा अवधारणाको पालना ।
  • सुरक्षा ब्यवस्थापनको सुधारमा अवरोध र बाधा/अड्काउहरु ।

३. संगठनको लागि सुरक्षा योजना मस्यौदा कसरी गर्ने -
सहभागीहरुले परिचयात्मक तालिामा प्राप्त गरेका सामग्रीहरु खोतल्दै यसका बिभिन्न तत्वहरुलाई ध्यान दिई जोखिम विश्लेषणका आधारमा सुरक्षा योजनाको मस्यौदा तयार गर्दछन् ।

४. सुरक्षा ब्यवस्थापनका केही विशेष तत्वहरुको खोतलखातल
यो सत्रको अन्त्यसँगै सहभागीहरुले सुरक्षा ब्यवस्थापनका केही पक्षहरुको बारेमा जानकारी पाउनेछन् । यसैगरी सहभागीहरु विशेष सुरक्षा प्रलेखहरु ब्याख्या/विस्तार गर्न सक्षम हुनेछन् । हामी सहभागीहरुले छनौट गरेका बिषयहरुमा नै काम गर्नेछौं । अन्य कार्यशालाहरुबाट प्राप्त उदाहरणहरुः

  • आक्रमणको निरोध र प्रतिक्रिया ।
  • कार्यालय र आवासको सुरक्षामा सुधार । कार्यालयमा छापा मार्न सकिने जोखिमलाई कसरी कम गर्ने ।
  • विशेष घटनाहरुको लागि सुरक्षा प्रलेख/नियमहरु ।

Send this article by mail Send


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 27 January 2012 RSS feed: • News in Nepaliother feeds