Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

संसद सदस

संसद सदस

Tuesday 30 March 2010

मानव अधिकारको क्षेत्रमा राज्यले जाहेर गरेका प्रतिबद्धताहरुको सम्मान गराउन र नियन्त्रण गर्न सांसदहरुको महत्वपर्ूण्ा जिम्मेवारी हुन्छ । त्यसैले सांसदहरुले मानवअधिकारकर्मीहरुका रुपमा महत्वपर्ूण्ा भूमिका निभाइरहेका हुन्छन् ।

मानवअधिकारकर्मीहरुको सहयोग र रक्षाका लागि संसद सदस्यहरुले गर्न सकिनेः

  • मानवअधिकारकर्मीहरुको लागि संयुक्त राष्ट्र संघीय घोषणापत्रलाई सहयोग गर्ने कार्यक्रमहरु पारित गर्ने ।
  • मानवअधिकारकर्मीहरुका कार्यलाई बाधा नपुग्ने गरी कानून पारित गर्ने । उदाहरणका लागि सुरक्षा सम्बन्धी सवालहरु । तेस्रो मुलुकमा बसोबास गरिरहेका र देशभित्रै स्थापित मानवअधिकारकर्मीहरुका हकमा यो कदम उठाउने ।
  • उनीहरुले पारित गरिएका घोषणापत्र र राष्ट्रिय कानूनबीच एकरुपता भए नभएको निक्र्यौल गर्नुका साथै घोषणापत्रलाई बाध्यकारी कानूनको रुपमा पारित गर्ने ।

निश्चित देशहरुमा उठाइसकिएका कदमहरुः

  • मानवअधिकारकर्मीहरुका संरक्षणका लागि प्रस्ताव वा संकल्प प्रस्ताव पारित गरेका छन् ।
  • “मानवअधिकारकर्मीहरु” सम्बन्धमा संसदीय समिति वा कार्यदल स्थापना गरेका छन् ।
  • धम्की/चेतावनी पाएका मानवअधिकारकर्मीहरुलाई ब्यक्तिगत रुपमा सघाउने र र्सार्वजनिक रुपमा उनीहरुको सुरक्षाको जिम्मेवारी लिएका छन् ।
  • मानवअधिकारकर्मीहरुको समूहमा सहभागी भई कार्यक्षेत्रमा नै सघाएका छन् ।
  • अन्तर­-संसदीय समिति बैठकमा मानवअधिकारकर्मीहरुका संरक्षणका सवाललाई एजेण्डा -कार्यसूची) को रुपमा उठाएका छन् ।

Send this article by mail Send


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 8 February 2012 RSS feed: • News in Nepaliother feeds