
साधारणतया एद्यक्ष्-द्यभ्इ ले तालिम दर्ुइ भागमा संचालन गर्न सुझाव दिन्छ ः परिचयात्मक कार्यशाला -दर्ुइ वा साढे दर्ुइ दिन) र पर्ूनर्ताजगी/विशेष कार्यशाला -लगभग चार दिन) ।
परिचयात्मक कार्यशालाको उद्देश्य जोखिम लेखाजोखा गर्ने सामग्रीसँग चिनारी/परिचित गराउनु हो । जोखिमहरुलाई धम्की/चेतावनी, कमजोरी र क्षमताहरु जस्ता तत्वमा विभाजन गरिएको हुन्छ । जोखिमहरुको लेखाजोखा तिनीहरुको राजनीतिक र ब्यवहारिक दुवै पक्षबाट गरिएको हुन्छ । त्यसपछि सुरक्षा योजनाहरुले तिनका विविध पक्षहरु जस्तै निरोधात्मक/रोकथाम, आपतकालीन/संकटकालीन र उनीहरुको आफ्नो कामको सिलसिलामा कार्यान्वयन माथि ध्यान पुर्याइन्छ । सुरक्षा योजनाहरुले कम्तीमा पनि विविध पक्षहरु जस्तै धारणा, गतिविधि/क्रियाकलाप, कार्यादेश, प्रतिवद्धताहरु -कार्यालय, आवास) माथि समेत विशेष ध्यान पुर्याउँछ ।
विशेष/पूनर्ताजगी कार्यशाला सामान्यतया ८ देखि १२ महिनाको अवधिपछि संचालन गरिन्छ । यसमा संगठनले काम गर्दै जाँदा आइपरेका समस्याहरु सामना गर्नको लागि उनीहरुले आफ्नो सुरक्षा योजना विस्तार गर्दा सुरक्षालाई सांगठनिक दृष्टिकोणबाट सम्बोधन गर्दछ/गरिन्छ ।
उक्त प्रक्रियामा हाम्रा कर्मचारीहरु प्रायजसो दूर परामर्शका लागि उपलब्ध हुन्छन् ।
तापनि हामीले प्राप्त गर्ने विभिन्न अनुरोधका आधारमा आवश्यकता अनुसार हाम्रा कार्यशालाहरु तयार गर्न सक्छौं ।
नमुना उद्देश्यहरु र परिचयात्मक सुरक्षा तालिमको बिषयसूची
उद्देश्यहरुः
१. गैर सरकारी संस्था -मानवअधिकारकर्मीहरु र सामाजिक संगठनहरु) का लागि आधारभूत र केही विशेष अवधारणाहरुमा आधारित संरक्षण र सुरक्षा ब्यवस्थापनका ज्ञान र अनुभवहरु आदानप्रदान र माथि उल्लेखित निकायहरुमा प्रचार प्रसार गर्ने सामग्रीहरु समेत प्रदान गर्ने ।
२. संगठनको सुरक्षा र संरक्षण नीतिको बिश्वब्यापी लेखाजोखाका लागि ज्ञान र आवश्यक सीपको बिकास गर्ने ।
३. संगठनहरुमा संरक्षण र सुरक्षाको नीति र कार्यान्वयन दुवैमा सुधार गर्नका लागि संस्थागत परिवर्तनलाई सघाउने ज्ञान र आवश्यक सीपको बिकास गर्ने ।
४. मानवअधिकारकर्मीहरुद्वारा सुरक्षाको ब्यवस्थापनमा हासिल गरेका अनुभवहरुको आदानप्रदान गर्ने ।
बिषयसूची
नमुना उद्देश्यहरु र विशेष सुरक्षा तालिमको बिषयसूची
१. संगठन/क्षेत्रको सुरक्षा ब्यवस्थापनको साधारण लेखाजोखा कसरी गर्ने -
यो सत्रको अन्त्यसँगै सहभागीहरु सुरक्षा नीतिको विभिन्न तत्वहरुको साधारण लेखाजोखा गर्न र उनीहरुको संगठन/क्षेत्रमा यी कसरी प्रयोग हुन्छन् भनेर हर्ेन सक्छन् । उनीहरु सुरक्षा योजना कार्यान्वयनका नतिजाहरु समेत अनुभव गर्न सक्षम हुनेछन् ।
३. संगठनको लागि सुरक्षा योजना मस्यौदा कसरी गर्ने -
सहभागीहरुले परिचयात्मक तालिामा प्राप्त गरेका सामग्रीहरु खोतल्दै यसका बिभिन्न तत्वहरुलाई ध्यान दिई जोखिम विश्लेषणका आधारमा सुरक्षा योजनाको मस्यौदा तयार गर्दछन् ।
४. सुरक्षा ब्यवस्थापनका केही विशेष तत्वहरुको खोतलखातल
यो सत्रको अन्त्यसँगै सहभागीहरुले सुरक्षा ब्यवस्थापनका केही पक्षहरुको बारेमा जानकारी पाउनेछन् । यसैगरी सहभागीहरु विशेष सुरक्षा प्रलेखहरु ब्याख्या/विस्तार गर्न सक्षम हुनेछन् । हामी सहभागीहरुले छनौट गरेका बिषयहरुमा नै काम गर्नेछौं । अन्य कार्यशालाहरुबाट प्राप्त उदाहरणहरुः