प?रेस बिज?ञप?ति


Several NGOs

मिति २०६४/२/२० गते
प्रेस बिज्ञप्ति

आदरणिय पत्रकार महोदय,
जिल्ला सिरहा गा.बि.स.बस्तीपुर-६मा अवस्थित आरेक नेपालको शाखा कार्यालयमा मिति २०६४/२/१९ गते शनिबार राति ११स्५२ को समयमा ओरेक नेपालको पश्चिम तर्फरहेको लेखा शाखामा अज्ञात समुहबाट उक्त शाखामा काम गरिरहेको कर्मचारीहरुलाई ज्यान मार्ने नियतले ढुङ्गा मुडा गरी मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थामाथि गरिएको यस्तो व्यवहारको हामी मानव अधिकारवादी संस्थाहरु यस्तो निन्दनिय कार्यको घोर भर्त्सना गर्दै हार्दिक खेद व्यक्त गर्दछौ ।

साथै उक्त घट्नाको सम्वन्धमा प्रहरी प्रशासनलाई घट्ना घट्दा घट्दैको अवस्थामा जानकारी दिदा समेत त्यसलाई संवेदनशिल रुपमा नलिई आफ्नो सुरक्षाको कारण देखाई नागरिक सुरक्षामा चासो नदेखाएकोले प्रहरीलाई यस्ता घट्नाहरुमा जिम्वेवारीपर्ुण्ा भुमिका निर्वाह गर्नका लागी यसै विज्ञप्ति मार्फ हार्दिक अपिल गर्दछौ ।

अपिलकर्ताहरु,

  • मानव अधिकार संरक्षण केन्द्र, सिरहा
  • ओरेक नेपाल, सिरहा
  • दलित जनकल्याण यूवा क्लव, लहान
  • इन्सेक जिल्ला प्रतिनिधि, सिरहा
  • समग्र जनउत्थान केन्द्र , लहान
  • समग्र विकास सेवा केन्द्र क्षेत्रिय कार्यालय, लहान
  • दलित समाज सेवा संघ, लहान
  • महिला मानव अधिकार रक्षक संजाल सिरहा
  • दलित संरक्षण अभियान मञ्च, वस्तिपुर
  • दलित नेर्टवर्क, सिरहा
  • महिला हिँसा विरुद्धको संजाल, सिरहा

ओरेक माथिको आक्रमण

ओरेक नेपाल सिरहा विगत ४ वर्षदेखि महिला हिँसा महिला मानव अधिकार तथा मानव अधिकारको क्षेत्रमा काम गरी रहेको छ । महिना यता देखि सिरहा जिल्लाका विभिन्न गा वि स हरुमा महिला हिँसा विरुद्धका घ्नाहरुमा वृद्धि भईरहेकोमा ओरेक नेपालले महिला विरुद्ध हुने गरेका वलात्कार तथा कुटपिट लगाएतका घट्नाहरुलाई न्यायका लागी सम्वन्धित निकायसम्म पुर्‍याउने कार्य गरेकोमा समाजमा परिवर्तन चाहनेहरु तथा सामान्तीवादीहरुले त्यस्ता किसिमका घट्नाहरुलाई समाजमा नै मिलाएर आफ्नो कमाई खाने भाँडोको रुपमा लिँदै आईरहेकोमा त्यस्ता किसिमका घट्नाहरुलाई ओरेक नेपालले मिलाउदै आएको कुराहरुलाई नकारात्मक रुपमा परिभाषित गरी विगत केहि दिन यता देखी ओरेक नेपाल माथि विभिन्न समयमा विभिन्न किसिमको धम्कीहरु आउन थालेको यसको उदाहरणको रुपमा गोविन्दपुर वार्ड नं १ मा मिति - घटेको पिडित नेपुर देवी यादव तथा पिडक राम भरोस यादव बीच भएको वलात्कारको घट्नामा पिडितलाई उपचारका लागर्ीर् इलाका प्रहरी कार्यालय मार्फ घाँउ जाच केश फारम गर्राई उपचार गर्राई सकेपश्चात पिडित तथा पिडकहरुलाई सो वलात्कारको घट्नामार् इलाका प्रहरी कार्यालय लहानमा छलफलका लागी वोलाउदा पिडकको तर्फाट गाँउका मानिसहरु सो छलफल कार्यक्रममा गएको वेलामा ओरेक नेपालले यो केशलाई यहाँसम्म ल्याएर गाँउमा मिलाउने कुरालाई थाना सम्म ल्याएको हो । भनी सो प्रहरी प्रशासनका अगाडी नै ओरेक नेपालको कार्यालय लाई जलाउने, सात दिन भित्र गाँउबाट भगाउने नभागेमा ओरेक नेपालमा कार्यरत कर्मचारीलाई समेत ज्यान मार्ने लगाएतका धम्की दिएको त्यस पश्चात मिति २०६४ ज्येष्ठ १२ गतेका दिन कार्यालयमा भएको मुख्य ढोकालाई तोडफोड गरी सडकमा लगी फाली दिएको र सो को जानकारी लिखित रुपमार् इलाका प्रहरी कार्यालयमा दिएकोमा सोको खोज अनुसन्धान अहिले सम्म पनि नभएको ओरेक नेपालमा काम गर्ने कर्मचारीहरुलाई राती राती रक्सी खाएर गाली गलौज समेत गर्ने गरेको जस्ता घट्नाहरु हुँदाहँदै मिति २०६४।२।१९ गते राती लगभग ११.५२ वजेको र भित्र उज्यालो तथा वाहिर अध्यारो भएको हुँदा मान्छेलाई देख्न नसकिएको र त्यस घट्ना पश्चात पनि चारै तिरबाट यस कार्यालयको विभिन्न ठाँउमा ६/७ वटा ढुङ्गाहरु हानी कार्यालयको उत्तर तर्फाट भागी गएको र सो घट्ना हुने वित्तिकर्ैर् इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक समेतलाई फोन मार्फ जानकारी गराउँदा निजले आफ्नो सुरक्षाको कारण देखाई अहिले आउन नसक्ने र विहान हुने वित्तिकै आउने र सो घट्नालाई अनुसन्धान गर्ने भनी जवाफ दिएको ।


- दस्ताबेजलाई डाउनलोर्डर् गनृस
(28.5 kb)


म?ख पृष?ठ | प?स?तकालय | हामी को हौ - | ठांउको नक्सा
Design by Laurent Boucher | Concept SPIP by Rainer Müller

Copyleft 2006 PBI BEO | सहायताको साथमा

Belgian Public Service Institut für Auslandsbeziehungen Auswärtiges Amt der Bundesrepublik Deutschland