कार्यकारी सारांश
दलित गैर सरकारी संस्था महासंघ, कपिलवस्तु जिल्ला अध्यक्ष पर्ूण्ाबहादुर सुनार ०६४ साउन २४ गते साँझ करिब ७ः३० बजे कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाबाट मोटरसाकइकलमा घरतर्फर्फकंदै गर्दा तौलिहवादेखि करिब ९ कि.मी. उत्तरतर्फतौलिहवा-बुड्ढी सडकखण्डको पक्रेटा भन्ने स्थानमा मोटरसाइकलमा रहेका हतियारधारी व्यक्तिहरुले नियन्त्रणमा लिई गोली प्रहार गरी हत्या गरे । पीडकहरूले २ राउण्ड गोली प्रहार गरी उनको हत्या गरेका थिए । एउटा गोली मृतकको फोक्सो छेडी बाहिर निस्केको र अर्को गोली मुटुमै अड्किएको थियो । पक्रेटा गाउँका स्थानीय महिलाले रातको करिब ८ः१५ बजेतिर सडकको किनारमा मोटरसाइकल ढलेको र एक व्यक्ति पल्टिरहेको देखेपछि आफ्नो घर-परिवार तथा छिमेकमा खबर गरेका थिए । स्थानीयवासीहरूले राति ११ बजे प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोली करिब रातको ११ः१५ बजे घटनास्थलमा पुगेको थियो । तर्राई जनतान्त्रिक मुक्ति मोर्चा -गोइत) ले विज्ञप्तिमार्फ् घटनाको जिम्मेवारी लिएको भएता पनि पीडित परिवार, प्रहरी-प्रशासन, जिल्लास्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरूलगायतका सरोकारवालाहरूले सो विज्ञप्ति स्विकान गर्न नसकिने बताएका छन् । सो घटना जुनसुकै पक्षबाट भएता पनि घोर भर्त्सनायोग्य र निन्दनीय रहेको छ । यो घटनाले मानवको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार हनन् भएको छ । साथै, मानवअधिकार रक्षकहरुको अधिकार सम्बन्धी घोषणापत्र १९९८, मानवअधिकार विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्रर्ााट्रय प्रतिज्ञापत्र १९६६ लगायतले स्थापित गरेका मानवअधिकार सिद्धान्त र प्रावधानहरुको उल्लंघन भएको छ । मानवअधिकारको क्षेत्रमा लामो समयदेखि जिल्लामा क्रियाशिल सामाजिक कार्यकर्तामाथिको यो आक्रमणले समग्र मानवअधिकार रक्षकलाई नै चुनौति दिएको अनुगमन टोलीको ठहर छ ।