प्रेस विज्ञप्ति
कपिलवस्तुमा भदौ ३० गतेदेखि जारी हिंसा नियन्त्रण गर्न, नागरिकहरुको जिउ ज्यान सुरक्षा गर्न तथा सामुदायीक सद्भाव भड्किन नदिन तत्कालै विशेष कार्यदल खटाउन हामी सरकारलाई आग्रह गर्दछौं । उक्त कार्यदलले तत्कालै काममा खटिनुपर्नै आवश्यकता हामीले देखेका छौं ।
आइतवार लोकतान्त्रिक मधेशी मोर्चाका नेता मोहित खाँको हत्यापछि शुरु भएको हिंसा, हत्या र आगजनी राष्ट्रिय तवरमा अकल्पनीय दर्ुघटनाको रुपमा हामीले लिएका छौं । राष्ट्रिय राजनैतिक घटनाक्रमको कारण पनि सो दर्ुघटना आजसम्म ओझेलमा परेको हाम्रो बुझाई हो ।
हालसम्म १८ जना नागरिकको ज्यान गएको तथ्य अगाडि आईसकेको भएता पनि मृतक र बेपत्ताको संख्या एकिन नभएको अवस्था छ । तथ्य संकलन तथा राहत वितरणको लागि समेत हिंसाको चौथो दिनसम्म राजमार्गबाट धेरै भित्र सम्म जाने अवस्था छैन । वर्तमान अवस्थाको प्रभावकारी संबोधन नभएमा कपिलवस्तुको केहि स्थानहरुमा खल्वलिएको सामूदायिक सद्भाव अन्य स्थानमा समेत फैलन सक्ने संभावना छ ।
ठाउँ हेरी एउटा समूदायको व्यक्तिले अर्को समुदायको ब्यक्तिगत सम्पत्तिमा आक्रमण गर्ने क्रम जारी छ । आधिकारिक सुचनाको अभावमा पनि जनतामा आक्रोश वढेको छ । सरकारको उदाशिनता, स्थानीय प्रशासनको लापरवाही तथा सुरक्षा निकाहरुको निष्कृयताले गर्दा स्थिति ब्रि्रदै गएको हाम्रो ठहर छ ।
कपिलवस्तुको यो दुःखद घटनाक्रमले राष्ट्रव्यापीरुपमै सामुदायीक सद्भावमा धक्का लाग्ने तथा अन्तर्रर्ााट्रय जगतमा पनि नराम्रो छाप पर्ने हामीले देखेका छौं । यस घडिमा स्थानीय प्रशासनको स्थिति सम्हाल्ने क्षमता नभएको हाम्रेा ठहर छ । राजनीतिक दलहरुको सक्रियतामा पनि हामीले कमी पाएका छौं । तर्सथ फेरी पनि तत्कालै सरकारद्धारा कपिलवस्तुमा अनुसन्धान, राहत वितरण तथा स्थिति नियन्त्रण गर्न विशेष कार्यदल गठन गर्न जोडदार माग गर्दछौ ।
वुटवल
०६४ असोज ३ गते
डा.गौरीशंकर लाल दास
शुशिल प्याकुरेल
कनकमणि दिक्षित
कुन्दन अर्याल